काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशभर ६ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ ।
बाह्रौँ महाधिवेशन नजिकिएका बेला काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेको नेविसंघले जनाएको छ ।


ADVERTISEMENT


अध्यक्ष नैनसिंह महरले नेविसंघलाई केन्द्रदेखि गाउँँ र टोलसम्म पु¥याउन नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिएको बताएका छन ।


ADVERTISEMENT

# # #


‘मुलुकको शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगति हटाई आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न सदस्यता वितरणलाई देशभर लैजाने उनको भनाई छ ।

लामो समयको विवादपछि विधान पास गरेको नेविसंघलाई पुस २८ देखि ३० गतेसम्म १२ औँ महाधिवेशन गर्नुपर्ने समय सिमा छ ।

नेविसंघले तोकेको निर्वाचन कार्यतालिका अनुसार मंसिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अधिवेशन गर्नुपर्ने, मंसिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने, पुस ८ भित्र उपत्यका भित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ ।

निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा देशभरका १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष महरले जानकारी दिएका छन् । नेविसंघ अहिले महाधिवेशनमय हुँदै गएको महरको भनाइ छ ।