काठमाडौं । वर पीपल प्रायः पहाडी भेगमा पाइने एक प्रकारको पतझर बनस्पति हो।
यद्यपी वर(पीपललाई हिन्दु धर्म संस्कारसँग जोडोर पनि हेरिन्छ। तर, वर (पीपलको उपयोगिता त्यतिमा मात्र सिमित छैन।
पीपल सबैभन्दा वढी अक्सिजन दिने विशेषतायुक्त वनस्पति हो।
पर्यावरणको रक्षा गर्ने र वायू शुद्ध गर्ने विशेष भूमिका खेल्ने भएकाले वर औपीपललाई देवतासरह मानेर सँगै रोप्ने गरिएको हो।
३३–३३ प्रकारका रोग निको पार्ने औषधिय गुण वर पीपलमा पाइन्छ।
पीपलको बोक्रालाई चुर्ण बनाएर वा यसको पातलाई दुधमा मिसाएर नियमित सेवन गर्दा श्वासप्रश्वास र दमका बिरामीलाई फाइदा पुग्छ।
पीपलको पात र बोक्रोको चुर्ण बनाएर दन्तमञ्जनमा मिसाएर प्रयोग गर्दा दाँद बलियो हुनुको साथै दाँतसम्बन्धी रोग निको हुन्छ।
विषालु जनावरले टोकेमा पीपलको पातको रस घाउमा लगाउँदा विषको मात्रा कम हुन्छ। घाउ खटिरामा पनि पीपलको रस उपयोगी हुन्छ।
वर पीपलको जरा पानीमा भिजाएर छालामा लगाएमा चम्किलो हुनुका साथै विभिन्न समस्याबाट राहत मिल्छ।
साथै वर पीपलको पात र जरा कलेजो, आँखा, छाला, नपुंसकता आदि समस्यामा पनि लाभदायक हुन्छ।