किशोर विश्वकर्मा, विराटनगर– सरकारले तोकेको समर्थन मुल्यभन्दा उखु मिलले कम मुल्य निर्धारण गरेपछि किसान र उद्योगीबीचको विवाद साम्य हुन सकेको छैन । उखुको क्रसिङ सुरु हुनै लाग्दा मूल्य निर्धारणमा विवाद सुरु भएको हो ।


ADVERTISEMENT


उद्योगी र किसानको अडानले उखु क्रसिङ समयमै नहुने समस्या यो बर्षपनि दोहोरिने खतरा बढेको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । त्यस्तै सरकारले उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५ बमोजिमप्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने भएको छ । साथै चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने छ ।


ADVERTISEMENT

# # #


गतवर्ष सरकारले तोकेको प्रतिक्विटल ५ सय ३० रुपैयामा उद्योगीहरुले प्रति क्विटल ३ सय ८५ रुपैया मात्र दिन सक्ने बताएपछि उद्योगी र किसानबीच उखुको मुल्यको विषयमा विवाद वढेको थियो । उखुको मुल्य निर्धारण गर्ने विषयमा किसान र मिल संचालकबीच कुरा नमिल्दा उखु क्रसिङ समयमै नहुने समस्या यो वर्षपनि दोहोरिने खतरा बढेको छ । उद्योगीले प्रति क्विटल ३ सय ८५ रुपैया मात्र दिने सक्ने बताएपछि किसानले सो मूल्यमा उखु विक्री गर्न नसक्ने जनाउदै आएका छन् ।

सुनसरीको बर्जु गाउँपालिकाका उखु कृषक मोहम्मद हाजी हाकिमले चिनि उद्योगले लागत अनुसारको मुल्य नदिँदा कृषकहरुले प्रत्येक वर्ष घाटा खानु परिरहेकाले यस खेतीबाट पलायन हुन लागेको बताए । उनले भने ‘ गत वर्ष सरकारले प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ मुल्य तोकि दिएको थियो । उक्त मुल्यमा घटाउने तर समेय दिने भनेका थिए । तर, घटाएर पनि समयमा दिएनन् । यस वर्ष अहिले ३ सय ८५ रुपैयाँ भन्दा बढी दिन नसक्ने भनेपछि हामीले मजदुर तथा खाद्य मलको मुल्य बढेको भन्दै उक्त मुल्यमा दिन नसक्ने भन्यौँ । भारतको दाममा हामी कसरि दिन सक्छौँ । हाम्रो लगानी समेत उठ्दैन ।’

मोरङ र सुनसरीका २ हजार ४ सय कृषकले सुनसरीको बर्जु गाउपालिकामा रहेको इस्टर्न सुगर मिलमा उखु बिक्री गदै आएका छन । तर यो वर्ष चिनी नबिकेको तथा मिल घाटामा गएको भन्दै उद्यागीले सरकारले निर्धारण गरेको मुल्यमा किसानको उखु किन्न नसक्ने बताउँदै आएका छन् । सुनसरी स्थित इस्टर्न सुगर मिलका सञ्चालक हितेस गोल्छाले भने ‘ गतवर्षकै चिनि गोदाममा थन्किरहेको छ । मिल त्यसै पनि घाटाको अवस्थामा छ । त्यसैले यो वर्ष हामी तोकिएको मुल्यमा उखु खरिद गर्न सक्दैनौँ ।’

मिल संचालकहरुले यो बर्ष उखु किसानलाई प्रति क्विन्टल ३ सय ८५ रुपैयाँ मात्र दिन सकिने बताएका छन् । यसमा सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ छुट्टै दिने छ । यसो गर्दा किसानले प्रति क्विन्टल ४ सय ५० रुपैयाँ पाउने भन्दै उद्योगीहरुले प्रति क्विन्टल ३ सय ८५ रुपैयाँ स्वीकार गर्न दवाव दिदै आएका छन । मोरङ र सुनसरीका २ जिल्लाका २ हजार १ सय किसानले गत वर्ष मिललाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थिए ।

यसवर्ष २ हजार ४ सय किसानले उखु खेती गरेको र १५ लाख क्विन्टल उत्पादन भएको छ । गत वर्ष उद्योगीले किसानसित प्रति क्विन्टल ४ सय ३६ रुपैयको दरले उखु खरिद गरेका थियो । वर्षभरि मेहनत गरेर उत्पादन गरेको उखु लिन मिलले नै आलटाल गरेपछि उखु खेतीतर्फ नै किसानको आकर्षण घटेको छ । तोकिएको मुल्यपनि नपाएपछि उखु किसानले यस खेतीको विकल्प समेत खोज्न थालेका छन् ।