काठमाडौँ– संसदको स्वास्थ्य, शिक्षाको उपसमितिले काठमाडौँ उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने निर्णय बहुमतले पारित गरेको छ ।


ADVERTISEMENT


विकासका बिम्बहरु दूरदराजसम्म पुर्याउने भन्दै उपसमितिले काठमाडौँ उपत्यका बाहिर मेडिकल कलेज खोल्ने वातावरण बनाउनका लागि विध्येकमार्फत ढोका खोलिएको बताएको छ । तर, काठमाडौँ उपत्यकाभित्र भने १० वर्षसम्म मेडिकल कलेज खोल्न पाइने छैन ।


ADVERTISEMENT

# # #


उपसमितिका सदस्य तथा नेकपा नेता योगेश भट्टराईले विगतमा डा केसी र सरकारबीच भएका सहमति अनुसार नै अगाडि बढ्ने निर्णय भएको बताए । उनले डा. केसीको विगतको माग बमोजिम मापदण्ड पुगेर आशय पत्र (एलओआई) पाएका काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेज सञ्चालनका लागि ढोका खोल्ने कुरालाई कार्यान्वयन गर्ने निर्णय गरिएको बताए ।

उपसमितिले विध्येक पास गर्नका लागि समितिमा पेश गर्दैछ ।