काठमाडौं । शाहरुख खान २०१८ को क्रिसमसको अवसरमा रिलिज भएको फिल्म ‘जीरो‘ फ्लप भएपछि २०१९ को सुरुवातमै अर्को फिल्मको तयारीमा लागिसकेका छन् ।


ADVERTISEMENT


शाहरुख खानले फिल्म ‘सेल्यूट’ को छायांकनको काम ३ महिनापछि सुरु गर्ने बताए पनि अब भने उनले यस फिल्मको छायांकनको काम छिट्टै नै सुरु गर्न लागेका छन् ।


ADVERTISEMENT

# # #


खबरहरुका अनुसार यस फिल्मको मुख्य अभिनेत्री करीना कपूर खान हुने बताइएको थियो । तर अहिले सार्वजनिक खबरहरुका अनुसार अभिनेत्री करीना कपूर खानलाई यस फिल्मबाट आउट गरिएको छ ।

साथै करीनालाई अभिनेत्री फातिमा सना शेखले रिप्लेस गर्न सक्ने बताइएको छ । यस खबरले अभिनेत्री करीना कपूर खानलाई झट्का लाग्नसक्ने पनि बताइएको छ ।

फिल्म ‘सेल्यूट’ का निर्माताहरु करीनाको स्थानमा आमिर खानकी रिल लाइफ छोरी फातिमा सना शेखलाई कास्ट गर्न चाहिरहेका छन् । मुख्य अभिनेत्रीको खोजीमा रहेका निर्माताहरु यतिबेला यस फिल्मका लागि फातिमासँग कुराकानी गरिरहेका छन् ।

निर्माता निर्देशकहरुलाई फातिमाले आमिर खानसँगका यसअघिका सुपरहिट फिल्म ‘दंगल’ र आमिरकै अर्को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा गरेको अभिनयबाट प्रभावित भएका कारण उनलाई यस फिल्ममा कास्ट गर्न चाहिरहेका हुन् ।

सुरुमा फिल्म ‘सेल्यूट’ अभिनेता शाहरुख खानलाई कास्ट गर्नु अघि आमिर खानलाई अफर गरिएको थियो । आमिरले यस फिल्मको काम पनि सुरु गरिसकेका थिए । तर पछि अन्य फिल्मको कामको व्यस्तताका कारण आमिरले यो फिल्म शाहरुखलाई गर्न भनेका थिए ।

केही दिन अघि मात्रै शाहरुख खानले आमिर खानको सहयोगका कारण आफुले राम्रो फिल्ममा काम गर्ने अवसर पाएको भन्दै आमिरलाई धन्यवाद दिएका थिए । यसैकारण अभिनेत्री फातिमा सना शेख यस फिल्ममा मुख्य अभिनेत्रीको रुपमा राख्न आमिरको हात हुन सक्ने बताइएको छ ।

फिल्म ‘सेल्यूट’ को छायांकनको लागि मुम्बईको फिल्म सिटीमा सेट निर्माणको तयारी समेत भइरहेको छ । मुम्बईमा छायांकन सकिएलगत्तै यस फिल्मको छायांकनको बाँकी काम अमेरिकामा हुनेछ ।