काठमाडौं । नेपाली उखानै छ “कागले कान लग्यो भन्दा कागको पछि दौडिनु पहिले आफ्नै कान छाम्नु ।” यस्को अर्थ हुन्छ, हल्लाको पछि लाग्नु भन्दा वास्तविकता के हो त्यो पत्ता लगाउनु । तर भूपी शेरचनले भने जस्तै देश हल्लै हल्लाको पछि दौडिदिँदा भने सरकारको निकायले दोषी भनेको व्यक्ति खुलेआम छ, सरकारकै कुटनीतिक प्रतिनिधीलाई र्याखर्याख्ती पारिएको छ ।


ADVERTISEMENT


वाङ्छु शेर्पा नाम गरेका व्यक्तिले चोरी गरेको, अस्ट्रेलिया, सिँगापुर लान्छु भन्दै धेरैलाई ठगी गरेको लगायतका उजुरीहरु सहित अस्ट्रेलिया स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा एक बर्ष अगाडी अर्थात मिती २०७४ पुष ५ गते नै जानकारी गराएको स्पष्ट छ ।


ADVERTISEMENT

# # #


यो पत्र हेर्नुहोस् :

यसअघि समेत राजदूत लक्की शेर्पाका सहयोगी वाङ्छु गलत र आपराधिक कृयाकलाप गरेर दूतावासबाटै भागेको र सम्पर्क बिहिन बनेको भन्दै दूतावासले सम्बन्धित निकायहरुमा पटक पटक जानकारी गराएका प्रमाणहरु दूतावासको वेब पोर्टलबाट प्राप्त भएका छन् ।

वाङ्छुले आँफूहरुलाई ठगी गरेको भन्दै अस्ट्रेलिया स्थित नेपाली दूतावास समक्ष उजुरी गर्नेहरुको ओईरो लाग्ने गरेको पीडितहरु बताउँछन् ।

पीडितले गरेको उजुरीको यो एक उदाहरण हेर्नुहोस् :

नेपाल सरकार बादी बनेर काठमाडौं जिल्ला अदालतमा भएको फैसलामा बिभिन्न प्रमाण र तथ्यहरुका आधारमा वाङ्छु दोषी देखिएको भन्दै फरार रहेका उनलाई झिकाउन र उनकी श्रीमतीलाई केन्द्रीय कारागारमा थुन्न मिती २०७५ जेठ ३१ गते आदेश समेत भएको देखिन्छ ।

यो फैसला हेर्नुहोस् :

एक बर्ष अघि देखि नै वाङ्छुका बिषयमा दूतावासले उजुरी गरिरहेको र अदालतले समेत झिकाउन आदेश दिईसकेको व्यक्तिले आफ्नो अपराध छोप्न राजदूत शेर्पा बिरुद्ध अहिले आएर भ्रम छर्न खोजेको दूतावासले जनाएको छ ।

यसबारेमा छानबिन गर्न बनेको परराष्ट्र मन्त्रालयको समितीले राजदूत शेर्पालाई नेपाल झिकाएरै सत्य तथ्य बुझिरहँदा दोषी किटानी भईसकेका वाङ्छुलाई भने अस्ट्रलियामै लुकेर अनर्गल प्रचार गर्न छुट दिईरहँदा मूलुकको दण्डहिनता प्रदर्शन भईरहेको र आफ्नै निकायले गरेको उजुरी कार्यान्वयन गर्न ढिलाई हुँदा सरकार प्रति नै चोरी औँला तेस्रिएको बिश्लेषण गरिएको छ ।

वाङ्छुका ठगी धन्दाका फेहरिस्त सहित यसअघिको यो समाचार पढ्नुहोस् :

 

ठग ड्राईभरका कारण राजदूत तनावमा, वाङ्छु शेर्पाका ठगी धन्धाहरु पर्दाफास !