काठमाडौँ– सदको सार्वजनिक लेखा समितिले वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन सच्याएर पारित गरेको छ ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा बसेको समिति बैठकले यसअघि उपसमितिले कारवाहीका लागि सिफारिस गरेको नाम मध्ये प्रेम राईको कुनै बदनियत नदेखिएको भन्दै उनी निर्दोष रहको निश्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


लेखा समितिले विमान खरिद प्रकरणमा प्रमुख दोषी महाप्रवन्धक सुगतरत्न कंसाकार भएको ठहर गरेको छ ।

यस्तै पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि थप छानविन गरी कानुनी कारबाही अगाडि बढाउन सरकार र अख्तियारलाई निर्देशन दिइएको छ ।

पूर्वसचिव अधिकारीले विनियमावलीको दफा २३६ (२) अनुसार विमान खरिद प्रक्रिया अघि बढाई बोलपत्र स्वीकृत गरी निगमलाई ठूलो आर्थिक क्षति पुर्‍याएको समिथिको ठहर छ । वहालवाला सचिव देवकोटाले महालेखाको प्रतिवेदनले विमान खरिद नियम संगत नभएको भनिसकेको अवस्थामा छानविन नगरी उल्टै अन्तिम किस्ताका रकम भुक्तानी दिएको समितिको ठहर छ ।

विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई भने समितिले कारबाही गर्न सिफारिस गरेको छ ।