काठमाडौं । सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषदकाे सोमबारको बैठकबाट उदयपुर सिमेन्टका महाप्रबन्धक पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शिफारिस गरेका तीनजना मध्ये सरकारले पौडेललाई निगम हाँक्ने जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले शुक्रबार पौडेल, अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो ।

यसअघि निगमको कार्यकारी निर्देशक छनौट तथा सिफारिश समितिले ५ जनामध्येबाट ३ जनाको नाम उद्योगमन्त्री मातृका यादबलाई सिफारिस गरेको थियो ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले उदयपुर सिमेन्टलाई नाफाको बाटोमा डोर्याएका थिए । उनले सोमबार नै महाप्रवन्धक पदबाट राजीनामा दिइसकेका छन् ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको मुद्दामा पदमुक्त भएपछि निगम नेतृत्वविहीन थियो । त्यसबीचमा सुशील भट्टराई निमित्त कार्यकारी निर्देशक रहेका थिए ।