काठमाडौं । एएफसी एसियन कप फुटल प्रतियोगितामा दक्षिण कोरिया, इरान र चीन विजयी भएका छन्।


ADVERTISEMENT


समूह ‘सी’ को खेलमा दक्षिण कोरियाले फिलिपिन्समाथि १-० को झिनो अन्तरको जित हात पार्योल। दक्षिण कोरियाका लागि खेलको ६७ मिनेटमा ह्वाङ उइ जोले गोल गरेका थिए।


ADVERTISEMENT

# # #


समूह ‘सी’ कै खेलमा चीनले उत्कृष्ट पुनरागमन गर्दै कीर्गिस्तानलाई २-१ गोलले पराजित गरेको छ। खेलको ४२ मिनेटमा अख्लिदिन इराइलोभले गोल गरेर कीर्गिजलाई पहिले अग्रता दिलाए।

५० मिनेटमा किर्गिजका पभेल माटिआसले आफ्नै पोस्टमा गोल गर्दा चीनलाई रहात मिल्यो। खेल बराबरीमा आएपछि चीनले किर्गिजमाथि दबाब बढाएको थियो। फलस्वरुपमा ७८ मिनेटमा यु डाबाओले गोल गरेर चीनलाई अग्रता दिलाए।

यता समूह ‘डी’ को खेलमा इरानले यमनमाथि ५-० को फराकिलो अन्तरको जित निकालेको छ। इरानका लागि मेहदी तारेमीले १२ र २५ मिनेटमा गरी २ गोल गरे। अश्कन डजेगाहले २३, सरदार अझमुनले ५३ र समन घोडोसले ७८ मिनेटथप गोल गरेपछि इरानले सहज जित निकालेको हो।