काठमाडौँ– नेपाली युवा स्टार सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मध्यम स्तरको प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


यसअघि सिलेट सिक्सरका लागि डेब्यू खेलमा २ विकेट लिएर सनसनीपूर्ण सुरुवात गरेका सन्दीले आजको खेलमा भने कुनै विकेट लिन सकेनन् । तर, विष्फोटक ब्याटिङ गरिरहेका विपक्षी टिमका क्यामरुन डेलपर्टलाई आउट गरेर मिलाई कमब्याक गराएका थिए । टिमलाई दोस्रो विकेट दिलाउने क्रममा उनले डाइरेक्ट हिट गरेर आउट पारे ।


ADVERTISEMENT

# # #


बुधबार बंगलादेशको ढाकास्थित शेर बंगला क्रिकेट स्टेडियममा चितगाउँ भिकिन्सविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिए । पहिलो ओभरमा ४ रन दिएका उनले दोस्रो ओभरमा ३ तथा तेस्रो ओभरमा ५ रन खर्चिए । यस्तै अन्तिम ओभरमा सिकन्दर राजाले एक चौका प्रहार गर्दा सन्दीपले ९ रन खर्चिए ।

सन्दीपको टिम सिलेट सिक्सरले पहिलो जित निकालेको छ । टस हारेर ब्याटिङ थालेको सिक्सरले २० ओभरमा ५ विकेटको क्षतीमा १६८ रन बनायो । उसका लागि कप्तान डेभिड वार्नरले सवर्नधिक ५९ रन बनाए । यस्तै निकोलास पूरन ५२ र अफिफ हुसनले ४५ रन जोडे ।

१६९ रनको विजयी लक्ष्य पच्छ्याएको चितगाउँले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रनमा १६३ रनमा आउट भयो ।

सन्दीपको अर्को खेल शनिबार ढाका डाइनामाइट्ससंग रहेको छ ।