काठमाडौँ– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानलाई सहज बनाउनका लागि आमा दुर्गादेवी पन्तको पनि डीएनए परीक्षण हुने भएको छ ।


ADVERTISEMENT


निर्मलाको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाव’माथि प्रश्न उठडेपछि त्यसको यकिन गर्न आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको रगतको नमूना लिन लागिएको हो ।


ADVERTISEMENT

# # #


गत साउन १० गते साथीको घरमा गएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।

घटनाको एक मात्र प्रमाणका रुपमा रहेको डीएनए माथि नै प्रश्न उठ्न थालेपछि निर्मला प्रकरण झन जटिल बन्दै गएको छ । यहि जटिलतालाई कम गर्नका लागि आमा र बुवाको डीएनए परीक्षण गरेर निर्मलाको शरीरबाट लिइएको डीएनएसंग भिडाइनेछ । त्यसपछि आवश्यक परेको खण्डमा कञ्चनपुरवासीलाई डीएनए परीक्षणका लागि स्वेच्छिक आह्वान गर्न सकिने प्रहरी अधिकारीहरुले बताएका छन् ।

पाँच महिना बितिसक्दा पनि दोषी पत्ता लाग्न नसकेका कारण पुलिस प्रशासनको क्षमतामाथि नै प्रश्नचिन्ह पैदा भएको छ । यता हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका आमाबुवा गत २५ कात्तिकदेखि नियमित आन्दोलनमै छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअघि टेन्टमा धर्नामा छन् ।

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको नेतृत्वमा शक्तिशाली छानबिन समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो प्रतिवेदन आईजीपी सर्वेन्द्र खनाललाई बुझाइसकेको छ ।