काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्धको सिरिजका लागि १६ सदस्यीय टिम घोषणा  गरेको छ । इमिरेट्स क्रिकेट बोर्डले जनवरी २५ बाट सुरु हुने एक दिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने आफ्नो राष्ट्रिय क्रिकेट टोलि छनोट गरेको हो ।


ADVERTISEMENT


युएईले आफ्नो कप्तान परिवर्तन गरेको छ । नयाँ कप्तानका रुपमा तीव्र गतीका बलर मोहम्मद नाभिद आएका छन भने महोहम्मद उस्मानलाई उपकप्तान बनाइएको छ । नियमित कप्तान रोहन मुस्ताफासहित अन्य दुई खेलाडी प्रतिबन्धमा रहेकाले युएईले नाभीलाई कप्तानीको जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT

# # #


इमिरेट्स क्रिकेट बोर्डले कप्तान रोहन मुस्तफासहित अहमद् राजा र रमिज सहजादलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट ८ हप्ताको प्रतिबन्ध लगाएको छ । उनीहरुले गत डिसेम्बरमा पाकिस्तानमा भएको इमर्जिङ टिम्स एशिया कपको बेलामा प्रतियोगिताको व्यवस्थापनलाई लिएर आलोचना गरेका थिए । उनीहरुमाथि सामाजिक सञ्जालमा नियम विपरित नकारात्मक पोस्ट/कमेन्ट गरेको आरोप लागेको छ ।

तीन महत्वपूर्ण खेलाडी प्रतिबन्धमा परेपछि युएईको टिम केही कमजोर देखिएको छ । तैपनी युएईका प्रतिबन्धित कप्तान रोहन मुस्ताफाले यसलाई युवा खेलाडीले आफ्नो क्षमता देखाउने अवसरका रुपमा लिएका छन् ।

प्रमुख टिम छनोटकर्ता वालिट बुखतिरले युएईमा नेपाललाई स्वागत गर्ने मौका पाएको खुसी व्यक्त गरेका छन् । ‘यो सिरिजका लागि नेपाललाई युएईमा स्वागत गर्न पाएको हामी खुसी छौँ’ उनले भने, ‘मोहम्मद नाभिदको कप्तानीमा बनेको युएई टिमले बलियो प्रदर्शन गर्ने अपेक्षा गरेका छौँ ।’

यस्तै उनले खेललाई विश्वभर फेलाउन प्रत्यक्ष प्रसारण पनि गरिने जनाए । उनले अघि भने, ‘यो सिरिजलाई विश्वमा रहेका खेलप्रेमिमाझ अझ फैलाउन हामी प्रत्यक्ष प्रसारण गर्दैछौँ । हामी आशा गर्छौैँ कि सिरिज उत्कृष्ट हुनेछ ।’

यससंगै खेल मैदानको पनि टुंगो लागेको छ । इमिरेट्स क्रिकेटका अनुसार नेपाल र युएईबीचका सबै खेल दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)को क्रिकेट एकेडेमीमा हुनेछन् । नेपालले युएईविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रिय र तीन टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दैछ । जस अनुसार पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी-२०तर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ ।

प्रत्यक्ष खेल हेर्नका लागि निःशुल्क प्रवेश दिइने इमिरेट्स क्रिकेटले जनाएको छ ।

यएई भ्रमणका लागि नेपालले पनि बुधबारदेखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ । नेपालले पारस खड्काको कप्तानीमा २० सदस्यीय प्रारम्भक टिम घोषणा गरेको छ ।

यस्तो छ नयाँ बनेको युएई टिम

– मोहम्मद नाभिद (कप्तान)
– मोहम्मद उस्मान (उपकप्तान)
– अस्फाक अहमेद
– चिराग सुरी
– सैमन अनवार
– मोहम्मद बूटा
– गुलाम सब्बीर
– इमरान हैदर
– ताहिर मुगाल
– अमिर हायात
– जाहुर खान
– क्यादिर अहमेद
– फहाद नवाज
– अब्दुल साकुर
– सुल्तान अहमेद
– सीपी रिजवान