काठमाडौँ– गुणस्तरीय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो ।


ADVERTISEMENT


देशका दूरदराजसम्म पनि टेलिभिजन सिग्नल पुर्याइरहेको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पूर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए ।


ADVERTISEMENT

# # #


कार्यक्रम अन्तरगत रौतहट जिल्लाको गौरमा रहेको अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ । कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

शैक्षिक सामाग्री महागढिमाई नगरपालिकाका उप प्रमुख तारा देवि कामतको प्रमुख आतिथ्यतामा २ नं. वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षक तथा स्थानीयको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गरेका थिए । यस्तै बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री र चिसो वाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहमान मिया अन्सारी लगायतको उपस्थितिमा सिम्रोनगढ नगरपालिकाकी  उपप्रमुख रिमा देवि कुशवाहाले शैक्षिक सामाग्री वितरण गरेकी थिइन् । डिशहोमले यसै कार्यक्रम अन्तरगत पर्सा जिल्लाको पोखरिया स्थित जिल्ला उचांगल रामदेव माविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ ।

डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । डिशहोमले एसईई परीक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।

यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ ।

यही समस्यालाई कम गर्नका लागि निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको जनाईएको छ ।