काठमाडौँ– नेपाल आयल निगमको महाप्रबन्धकमा सुरेन्द्र पौडेलले नियुक्ति लिएसंगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटेको छ ।


ADVERTISEMENT


साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरिएको पौडेलले हिमालय पोष्टलाई जानकारी दिए । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #


निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन ।

महाप्रबन्धक पौडेलले डुब्नै लागेको उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लगेसंगै सरकारले उनलाई निगमको बागडोर सम्हाल्ने जिम्मेवारी दिएको छ ।