काठमाडौँ– अस्ट्रेलियाका लागि नेपालकी राजदुत लक्की शेर्पा माथि लागेको आरोपप्रति भ्रमपूर्ण समाचारहरू सम्प्रेषण भएको भन्दै नेपाल शेर्पा संघले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


बुधबार एक विज्ञप्ती जारी गर्दै संघले परराष्ट्र मन्त्रालयले आरोपको सम्बन्धमा अनुसन्धान भईरहेको र कुनै आधिकारिक निर्णय सार्वजनिक नभएको बताई रहदा सञ्चार माध्यमहरूले बर्खास्त भएको, राजिनामा दिएको जस्ता भ्रमपूर्ण समाचारहरू प्रकाशन, प्रशारण गरेकोमा संघले ध्यानाकर्षण जनाएको हो ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयको आधिकारिक निर्णय नभएसम्म यस्ता गलत समाचार सम्प्रेषण नगरिदिन संघले अनुरोध गरेको छ ।