काठमाडौं । स्टा स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपबारे छानबिन गरिरहेको लस भेगास प्रहरीले रोनाल्डोको डिएनएन नमुनाका लागि वारेन्ट जारी गरेको छ।


ADVERTISEMENT


रोनाल्डोमाथि दर्ता भएको बलात्कार आरोपबारे छानबिनको क्रममा उनको डिएनएको नमुना आवश्यक परेको भन्दै प्रहरीले त्यसका लागि वारेन्ट जारी गरेको हो । ३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


द वाल स्ट्रिट जर्नलका अनुसार लस भेगास प्रहरीको वारेन्ट हालै इटालीको अदालती संरचना मार्फत पठाइएको छ । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् ।

क्याथरिनका साथमा लस भेगासको नाइट क्लबमा रोनाल्डो ।
रोनाल्डोमाथि अमेरिकाकी एक पूर्व मोडल क्याथरिन मायोर्गाले बलात्कारको आरोप लगाएकी हुन् । उनले घटना सन् २००९ को रहेको बताएकी छन् ।

तर रोनाल्डोले भने सबै आरोप मित्थ्या रहेको र आफूले क्याथरिनमाथि कुनै किसिमको दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।

क्याथरिनले लस भेगासको होटल रुमा रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छन् । उनी रोनाल्डोको होटल रुममा गएकी थिइन् ।

सन् २००९ मा भएको घटना सहमतिमा रहेकाले रोनाल्डो निर्दोष रहेको उनका वकिलले बताएका छन् । रोनाल्डोमाथिको बलात्कार आरोपका बारेमा गएको अक्टोबरमा पहिलो पटक जर्मन म्यागजित डेर स्पिगलले खबर छापेको थियो ।, काठमाडौं ।