काठमाडौं । नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो ।


ADVERTISEMENT


ओसाका बाहेकका विमानस्थलमा पनि उडान गर्न बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलबीच हवाई सेवा सम्झौताको पुनरावलोकन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । योसँगै अब नेपालले जापानको हानेडाबाहेक सबै विमानस्थलमा उडान गर्न पाउँछ ।


ADVERTISEMENT

# # #


त्यसो त नेपालले अहिलेसम्म ३९ वटा देशसँग द्विपक्षीय हवाई सम्झौता गरिसकेको छ । तर, नेपालका वायुसेवा कम्पनीले सातवटा गन्तब्यमा मात्रै उडान गर्दै आएका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अहिले भारत, कतार, युएई, थाइल्याण्ड, हङकङ, मलेसियामा उडान गरिरहेको छ । यीबाहेक निजी क्षेत्रको हिमालय एयरलाइन्सले साउदी अरबमा उडान गर्दै अएको छ ।