किशोर विश्वकर्मा, विराटनगर– सडकमा लाग्ने साप्ताहिक हाटबजारलाई हटाई तिनलाई व्यवस्थित बनाउने योजना ल्याएको विराटनगर महानगरपालिका यसको कार्यन्वयनमा असफल बनेको छ ।


ADVERTISEMENT


सडकमा लागेका हाटबजारले दुर्घटना बढेको, अत्यावश्यक सवारी आवगमनमा समस्या आएको तथा हटियाबाट निस्केको फोहोरले दुर्गन्धित भएको गुनासा आएपछि महानगरपालिकाले गत असारमा चालु आर्थिक वर्षको साउनसम्ममा सडकमा लाग्ने हाटबजार हटाउने निर्णय गरेको थियो । तर निणर्य गरेको ६ महिना बितिसक्दा पनि महानगरभित्रका दुई वटा हटियामात्र सडकबाट निस्किएका छन् । विराटनगर महानगरपालिकाभित्र गुद्री बजारसहित जम्मा १८ स्थानमा हाटबजार लाग्दै आईरहेका छन् । जसबाट महानगरले वार्षिक १२ लाख राजस्व असुली गर्ने गरेको छ ।


ADVERTISEMENT

# # #


सडकमा हाटबजार लगाउँदा विभिन्न समस्या उत्पन्न भएपछि महानगरले सडकभन्दा बाहिर खाली जग्गाको व्यवस्थापन गरेर खाली जग्गामा हाटबजार लगाउने योजना बनाएको हो । तर लामो समय बित्दा पनि हटिया व्यवस्थापन नहुनुले महानगरको योजना नै विफल भएको आशंका उब्जिन थालेको छ । महानगरले हाटबजार हटाउने कुरा गरिरहँदा महानगरपालिकाको कार्यालय अगाडि नै लाग्ने ठूलो हटिया अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । तर महानगरका मेयर भीम पराजुली भने साउनसम्ममा हटाउने नभई साउनबाट व्यवस्थापन थाल्ने महानगरको योजना रहेको बताउँदै आवश्यक व्यवस्थापनको काम भईरहेको बताउँछन् ।

हाटबजार सडकबाट हटाउने नभई ब्यबस्थापन गर्ने योजना रहेको उनको भनाई छ । मेयर परमजुलीले भने, ‘आमीले साउन १ गतेदेखि सुरु गर्ने भनेको हैन, साउनदेखि चाही व्यवस्थापन गर्ने भनेको हो । धेरै वडामा त्यसको व्यवस्थापन गरिसकेका छौँ । खाली ठाउँमा हटिया व्यवस्थापन गर्ने हो हटाउने कुरा हैन ।’

हाटबजार व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्था मिलाउने र समन्वय गर्ने काम वडाध्यक्षहरुलाई जिम्मा दिईएको छ । तर, वडाध्यक्षहरुले यसका लागि पहल थालेको देखिँदैन । सडक नालाको निर्माण कार्यले गर्दा व्यवस्थापनमा समस्या आएको विराटनगर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष मीनकुमार आर्चाय बताउँछन् । उनले भने ‘अन्य वडाहरुमा भएपनि यो वडाको सन्दर्भमा निर्णय भएर कार्यान्वयन नभएको जस्तो देखिएको छ, अहिले सडक तथा नाला निर्माणका कारणले व्यवस्थापनमा समस्या आईरहेको छ । निर्माण कार्य सकिना साथ हामी त्यो काम गर्छौँ ।’

हाटबजारमा व्यापार गर्ने स्थानीय व्यापारी पनि हाटबजार व्यवस्थित गर्नेबारे जानकारी नगराएको बताउँछन् । महानगरले सडकको हाटबजार हटाउने योजना ल्याएर आफूहरुको कमाई खाने बाटो बन्द गर्न खोजेको उनीहरुको गुनासो छ । विराटनगरका विभिन्न हाटमा तरकारी व्यपार गर्दै आएका लक्ष्मण सोनीले हटिया व्यवस्थापन गर्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताउदै सडकमै पसल गरेको धरै वर्ष भएको बताए ।

उनले भने ‘हामीले धरै वर्षदेखी यहि सडकमै लाग्ने हटियामा तरकारि बेचेर परिवारको गुजारा गर्दै आएका छौँ । हटिया हटाईए हाम्रो त विजोग हुन्छ । हार्मीलाई व्यपार गर्न महानगरपालिकाले ठाउँ दिनु पर्यो ।’ त्यस्तै अर्का व्यपारी सन्तोष साहले आफुहरुको अन्य कुनै रोजगार नरहेकाले हटिया हटाईए बेरोजगार बन्ने बताए ।

उनले भने ‘ हम्रो अरु केही रोजगार छैन । रोजगार भनेकै यहि पशल हो बेचेर आफ्नो र परिवारको पेल पाल्नु परिरहेको छ । अब हटिया हट्यो भने हाम्रो हालत के हुन्छ रुत्यो महानगरपालिका र भिम पराजुलीले बुझिदिनुपर्छ ।’