चितवन– पुथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिकै त्रिशुली नदीमा खसेर बेपत्ता भएका एक जनाको सकुसल उद्धार गरिएको छ ।


ADVERTISEMENT


ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित मुग्लिन र कुरीनटारको बीचमा पर्ने नाग्लिखोला नजिकै सडकबाट चिप्लिएर नदी किनारमा पुगेका उनको सकुसल उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । काठमाडौबाट नवलपरासीको दलदलेका लागि जन्ति आएको लु १ ख ९८८१ नम्बरको गाडीमा सवार ४५ बर्षका रञ्जन चापागाई सडक छेउवाट चिप्लिएर त्रिशुलीमा खसेका थिए ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ढुंगाको कापमा अड्किएका उनलाई प्रहरीले सकुसल उद्धार गरेको जनाएको छ ।
बिहान ५ बजेर ४५ मिनेटको समयमा गाडी जाम भएका बेला उनी गाडीबाट निस्किएका थिए । सोही क्रममा लडेको प्रहरीले जनाएको छ ।

ठुलो भिर रहेकाले डोरीमा झुण्डिएर तल पुगेका प्रहरीले उनको उद्धार गरेका हुन् । शनिबार कालिखोला नजिकै चिप्लिएर लड्दा एकजना बेपत्ता भएका थिए ।  शुक्रबाट पहिरो हेर्न जाँदा चिप्लिएका अर्का एक बृद्धको पहिरोमा परेर ज्यान गएको थियो ।