काठमाडौं । अस्ट्रियाको आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा जर्मनीका नागरिक रहेको बताइएको छ । हिउँ खेल्न गएको समूहका एक जना अझै बेपत्ता छन् । मृतकहरु ३२, ३६ र ५७ वर्षका पुरुष भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको मृत्यु भएको हो । बेपत्ता २८ वर्षीय जर्मन नागरिकको पनि खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

अत्याधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।