पौष ३०, काठमाडौं । प्रधानमन्त्री केपी ओली वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्यान्ड जाँदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्विस राष्ट्रपति वेली माउरासँग भेटवार्ता गर्ने तयारी छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहनेछन् ।


ADVERTISEMENT

# # #


फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ सम्म डावोसमा हुने छ । बैठकमा ओलीले ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ सत्रको छलफलमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ‘बिओन्ड दी जीडीपी’ सेसनमा समेत सहभागी हुने परराष्ट्र स्रोतले जनाएको छ ।