काठमाडौं । कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सक संघ र स्वास्थ्य सहायक संघसँग वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ ।


ADVERTISEMENT


स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागार्इं र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले सोमबार ती दुवै संघसँग उनीहरुका मागका विषयमा वार्ता हुने जानकारी दिए ।