लुम्बिनी– दोस्रो चरणको स्थानीय तहको निर्वाचनको रुपन्देहीमा अन्तिम मतपरिणाम आउने क्रम सुरु भएको छ ।


ADVERTISEMENT


रुपन्देहीका १६ स्थानीय निकायमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपाएमालेले अध्यक्ष तथा उपाध्यक्ष दुवैमा जितेको छ ।
पाँच वटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री छ हजार ७७७ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा पराजुलीले छ हजार ९२४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


उनीहरु काँग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी भएका हुन् । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत ल्यएका थिए ।

एक्काइस हजार ५४३ मतदाता रहेको गाँउपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिइन् । गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ ।