काठमाडौँ– हिमालयन बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।


ADVERTISEMENT


बैंक संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष  श्रेष्ठले जानकारी गराए ।


ADVERTISEMENT

# # #


सोमबार सम्पन्न सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए ।

अध्यक्ष श्रेष्ठले २६ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष श्रेष्ठले बैंकले आव २०७४/७५ अन्त्य सम्म रु. ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो ।

उक्त सभामा सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजय बहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएको तथ्य निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।

बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने बताए। उनले देशका विभिन्न स्थानमा थप एटीएम सञ्जाल विस्तार गर्ने बताए । उनले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउनेतर्फ बैंक निरन्तर प्रयासरत रहने उल्लेख गरे ।