काठमाडौँ– चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसन बसेका डा.गोविन्द केसीविरुद्ध इलाममा युवाहरुले विरोध र्याली निकालेका छन् । जिल्ला पाँचथर, ताप्लेजुङ, इलाम लगायतका पूर्वी पहाडी जिल्लाबाट आएका युवाहरु डा. केसीका विरुद्ध सडकमा नाराजुलुस गरेका हुन् ।


ADVERTISEMENT


उनीहरुले डा केसीको अनसनका विरुद्ध अनसन बसिरहेका युवा अभियन्ता विजय थापालाई समर्थन गरेका छन् । ४-५ हजारको संख्यामा आएका युवाहरुले इलामको लाकुरी भञ्ज्याङ चोकबाट सुरु भएको जुलुस इलाम अस्पताल र टुुडिखेल हुँदै फेरि लाकुरी भञ्ज्याङ चोकमा आएर कोणसभामा परिणत भएको थियो ।


ADVERTISEMENT

# # #


विरोधसभामा सरकारी तलब खाएर राजनीति गर्न नपाइने भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गर्न युवाहरुले माग गरेका थिए । यस्तै उनीहरुले डा केसीविरुद्ध अनसन बसेका युवा थापालाई समर्थन गर्दै थापाका मागहरु तत्काल पूरा गर्न र डा केसीको अनसन अन्त्य गरिनुपर्ने बताए ।

र्यालीका संयोजक भीष्म पौड्यालले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिनुपर्ने माग गरका थिए ।

डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा छन् भने डा केसीका विरुद्धमा विजय थापा अनसन बसेका छन् ।

भिडियो हेर्नुस् :