काठमाडौँ– डा गोविन्द केसी विरुद्ध अनसन बसिरहेका युवा अभियन्ता विजय थापाको स्वास्थ्य अवस्था नाजुक बनेको छ । उनका चिकित्सक डा. विजेन्द्र साहले थापाको स्वास्थ्य गम्भीर रहेको बताए ।


ADVERTISEMENT


सोमबार हिमालय पोष्टसंग कुराकानी गर्दै डा साहले भने, ‘उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । तर, औषधी गर्न मानिरहनु भएको छैन ।’ थापालाई घाँटीमा इन्फेक्सन दायाँ फोक्सोमा निमोनियाँ, रगतमा सुगर कम लगायतका समस्या देखिएको उनले बताए ।


ADVERTISEMENT

# # #


‘मुटुको चाल एकदमै बिग्रेका छ । कहिले ३० मा झर्ने त कहिले २४०सम्म पुग्ने गरेका कारण स्वास्थ्य एकदमै क्रिटिकल छ ।’ उनले भने, ‘रोगसंग लड्ने क्षमता घट्दै गएकोले आइसीयुमा राखेर औषधि चलाउनु पर्ने अवस्था छ, तर, उहाँ नसाबाट पनि औषधि लिन मानिरहनु भएको छैन ।’ तुरुन्तै आइसीयुमा नलिए जेसुकै हुनसक्ने उनले बताए ।

थापाले संसदको स्वास्थ्य तथा शिक्षा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने तथा डा केसीले अनसन तत्काल तोड्नुपर्ने माग गर्दै इलाममा आमरण अनशन बसिरहेका छन् ।