काठमाडौँ– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा),का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनिया कम्यूनिष्ट पार्टीका, केन्द्रिय विदेश विभागका प्रतिनिधिमण्डलले भेटवार्ता गरेका छन् । डल्लुस्थित खनाल निवासमा चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटकोक्रममा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था, दुई पार्टी वीचको सम्बन्ध, दुई देश र जनता बिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा लामो छलफल भएको छ ।


ADVERTISEMENT

# # #


चिनिया कम्यूनिष्ट पार्टीका केन्द्रीय विदेश विभागका एक नम्बर व्यूरोको नेपाल– भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधि मण्डलमा चिनिया कम्यूनिष्ट पार्टीका, केन्द्रिय विदेश विभागका हु ववेन, यु आ लगायतका नेतृहरm पनि सहभागी भएको खनालका स्वकिय सचिव कृष्ण भट्टराइले हिमालय पोष्टलाई जानकारी दिए ।