काठमाडौं । पूर्वप्रधानन्यायाधीशसहित नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले डाक्टर केसीको जीवन रक्षाको अपिल गरेका छन्।


ADVERTISEMENT


विगत ७ दिनदेखि आमरण अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको कार्यान्वयन गर्दै डाक्टर केसीको जीवन रक्षा गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले सरकार तथा जनप्रतिनिधिसमक्ष अपिल गरेका हुन्।


ADVERTISEMENT

# # #


पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र संलग्नतामा उनकै निवासमा भएका वार्तापछि सम्भव भएको स्मरण गराउँदै त्यसको कार्यान्वयनको जिम्मेवारी सरकार, जनप्रतिनिधिसहित प्रधानमन्त्री स्वयंले लिनुपर्ने उनीहरूले बताएका छन्।

उनीहरूले चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा. केसीको जीवन रक्षा गर्न सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गरेका हुन्।

नागरिक समाजको अपिल जस्ताको तस्तै

सरकार र जनप्रतिनिधिलाई नागरिक समाजको अपिल

१. नागरिक अभियन्ता डा. गोविन्द केसी हाल सत्याग्रहमा रहनुभएको अवस्थाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा हो । नेपाल सरकारले यसअघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी हो ।

२. पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उहाँकै निवासमा भएका वार्तापछि सम्भव भएको हो । त्यसैले, यो सम्झौताप्रति प्रधानमन्त्रीजीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको हामी स्मरण गराउन चाहन्छौँ ।

३. हाल संसदीय प्रक्रियामा रहेको चिकित्साशिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा. केसीको जीवनरक्षा गर्न सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गर्दर्छौं ।

४. सत्तारूढ दलको संसदीय नेतासमेत भएको नाताले प्रधानमन्त्रीज्यूले यसअघि आफ्नो निर्देशनबमोजिम डा. केसीसँग भएका सहमति र सम्झौताका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमा पनि विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

हस्ताक्षरकर्ता :

१. सुशीला कार्की

२. दमननाथ ढुंगाना

३. भैरव रिसाल

४. केदारभक्त माथेमा

५. प्रा.डा. ध्रुवचन्द्र गौतम

६. प्रा.डा. अभि सुवेदी

७. राजेन्द्र दाहाल

८. प्रा.डा. जयराज आचार्य

९. प्रा.डा. दिल्लीदेवी शाक्य

१०. प्रा.डा.मदन उपाध्याय

११. प्रा.डा. रमेशकान्त अधिकारी

१२. प्रा.डा. शेखर गुरुङ

१३. प्रा.डा. वीरेन्द्र मिश्र

१४. प्रा. डा नोबेलकिशोर राई

१५. रामदयाल राकेस

१६. प्रा. डा सरोज धिताल

१७. डा. मधु घिमिरे

१८. डा. द्वारिका ढुंगेल

१९. गीता केसरी

२०. खेमराज रेग्मी