काठमाडौं । सरकारले लगातार तीन वर्षभन्दा बढी समय जग्गा बाँझो राख्न नपाउने कानुनी व्यवस्था ल्याउन लागेको छ।


ADVERTISEMENT


संसद्मा सोमाबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख रुपैयाँसम्म जरिबाना हुने प्राबधान छ।


ADVERTISEMENT

# # #


बिधेयक पारित भएपछि आफ्नो जग्गा बाँझो राख्नुपर्ने भए स्थानीय तहमा बाँझो राख्न पर्नाको कारण जानकारी दिनुपर्ने हुन्छ।

जग्गाको उपयोग होस् र उत्पादनशील क्षमतामा ह्रास नआओस् भनेर नयाँ व्यवस्था ल्याउन लागेको भूमि व्यवस्था मन्त्रालयका सचिव गोपी मैनालीले बताए।

बिधेयक पारित भएपछि हरेक स्थानीय तहभित्रको जग्गा कृषि, आवासिय, व्यवसायिक, औधोगिक, वन, नदी, खोला, ताल क्षेत्र, सार्वजनिक उपभोग र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गीकरण हुनेछ।

कृषि उत्पादनका लागि तोकिएको जग्गामा घर बनाउन पाइने छैन।