काठमाडौं । हंसमुख अनुहारले अरुको मन सजिलै जित्न सक्छ। यसर्थ, हँसिलो मुहार, भएको मानिस सबैको प्यारो हुन्छ।


ADVERTISEMENT


प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ।


ADVERTISEMENT

# # #


हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ।

हाँस्नुका ५ फाइदा

१. हाँस्दा हाम्रो शरीरमा एडोलसेन्स नामक हर्मोन उत्पन्न हुन्छ। यो हर्मोनको काम तनाव कम गर्ने हो। तनावकै कारणले हुने विभिन्न रोगबाट बच्नसमेत हाँस्न जरुरी छ।

२. हाँस्दा शरीरुका अंगहरु सक्रिय हुन्छन्। जसका कारण हाम्रो शरीरमा स्वतः उर्जा आउँछ।
खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ। शरीरमा पर्याप्त अक्सिजन पुग्छ, र मुटुको पम्प रेटलाई ठिक राख्न मद्दत गर्छ।

३ व्यायाम गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छन्। मुस्कुराउने वा नरम हुनाले एक अर्कासँगको सम्बन्ध पनि सुमधुर हुन्छ।

४. जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपुती सहज बनाइदिन्छ। शरीरमा सकारात्मक उर्जा प्रदान हुन्छ। पीडा, चिन्ता दूर गराउँछ। नकारात्मक भावना पैदा हुन दिँदैन।

५. अमेरिकामा भएको एक अध्ययनले हँसिलो मानिसको परिवारमा सम्बन्ध विच्छेद कम हुने देखाएको छ। मुस्कुराएर बोल्दा परिवारमा झैझगडा कम हुने सम्बन्ध सुमधुर रहन्छ।