काठमाडौँ– डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । हेमराज ढकालको अध्यक्षतामा पौष २६ गते सम्पन्न भएको साधारण सभाले आगामी आर्थिक बर्षमा आइपीओ जारी गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कम्पनीले आफ्नो कुल जारी पूँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।


ADVERTISEMENT

# # #


ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनी भएको छ ।