काठमाडौँ– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने यतिबेला बंगलादेश प्रिमियर लिग (बीपीएल)का लागि बंगलादेशमा छन् । उनी आवद्ध टिम सिलेट सिक्सर्स्ले आफ्नो आज पाँचौँ खेल खेल्दैछ । डेब्यु खेलमा नै शानदार सुरुवात गरेका सन्दीपले त्यसपछिका दुई खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा पछिल्लो खेलमा अन्तिम ११ मा अटाएनन् । आज पनि उनी टिममा अटाउँछन् कि अटाउँदैनन् भन्नेमा द्विविधा रहेको छ ।


ADVERTISEMENT


आफ्नो पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध चार ओभरमा दुई विकेट लिदा १६ रन मात्रै खर्चेका सन्दीपले अर्को खेलमा चितगाँउ भिकिंग्सविरुद्ध ४ ओभर बलिङ गरेर २१ खर्चिए । तर, कुनै पनि विकेट लिन सकेनन् । यस्तै तेस्रो खेलमा उनी झन महंगो साबित भए । उनले चार ओभरमा ३३ रन खर्चिएर कुनै पनि विकेट लिन सकेनन् । त्यसपछिको खेलमा उनी बेन्चमै सीमित भएका थिए ।


ADVERTISEMENT

# # #


आज उनीसंग विश्वकै उत्कृष्ट कहलिएर दक्षिण अफ्रिकाका पूर्व खेलाडी एबीडी भिलियर्स् र वेष्ट इण्डिजका ‘सिक्स मेसिन’का रुपमा परिचित क्रिस गेलविरुद्ध बलिङ गर्ने अवसर छ । तर त्यो उनले प्राप्त गर्नसक्छन् या सक्दैनन् प्रतीक्षाको विषय बनेको छ ।

सन्दीप अन्तिम-११ मा पर्लान् त ?

चार खेलमा एउटा मात्र जित हात पारेको सिलेट आज दोस्रो जितको खोजिमा हुनेछ । त्यसका लागि उसले उत्कृष्ट टिम छनोट गर्छ । सन्दीपले पछिल्ला तीन खेलमध्ये दुईमा स्थान पाए पनि विकेट लिन सकेनन् । त्यसैले उनी अर्को खेलमा टिममा नै परेनन् ।

अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिगब्यास लिग (बीबीएल)मा तहल्का मच्चाएर बंगलादेश उडेका सन्दीपको खेलस्तर खस्किएपछि उनका सर्मथक निराश छन् । चारमध्ये एउटा मात्रै खेल जितेको उनको टोलि पनि निकै दबाबमा रहेको छ । यस कारण सन्दीपले अब टिममा पर्न निकै मेहनेत गर्नुपर्ने देखिन्छ ।