काठमाडौँ– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आफ्नो टिम सिलेट सिक्सरमा कमब्याक गरेका छन् । पछिल्ला दुई खेलमा खराब प्रर्दशन गरेपछि बेन्चमै सीमित भएका सन्दीप टिममा फर्किएका हुन् ।


ADVERTISEMENT


सन्दीपको टिम सिक्सरले आज राँगपुर राइडर्सविरुद्ध खेल्दैछ । यो सिक्सरको पाँचौँ खेल हो । जसमध्ये एक मात्र जित निकालेकाले सन्दीपको टिम निकै दबाबमा रहेको छ । सन्दीको टिमले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।


ADVERTISEMENT

# # #


उनी आज उनी विश्वकै उत्कृष्ट ब्याट्समेन कहलिएका दक्षिण अफ्रिकाका पूर्व खेलाडी एबीडी भिलियर्स् र वेष्ट इण्डिजका ‘सिक्स मेसिन’का रुपमा परिचित क्रिस गेलविरुद्ध बलिङ गर्न मैदानमा उत्रिएका छन् ।

डेब्यु खेलमा नै शानदार सुरुवात गरेका सन्दीपले त्यसपछिका दुई खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा पछिल्लो खेलमा अन्तिम ११ मा अटाएका थिएनन् । आज पनि उनी टिममा अटाउँछन् कि अटाउँदैनन् भन्नेमा द्विविधा रहेको थियो ।

आफ्नो पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध चार ओभरमा दुई विकेट लिदा १६ रन मात्रै खर्चेका सन्दीपले अर्को खेलमा चितगाँउ भिकिंग्सविरुद्ध ४ ओभर बलिङ गरेर २१ खर्चिए । तर, कुनै पनि विकेट लिन सकेका थिएनन् । यस्तै तेस्रो खेलमा उनी झन महंगो साबित भएका थिए। उनले चार ओभरमा ३३ रन खर्चिएर कुनै पनि विकेट लिन सकेनन् । त्यसपछिको खेलमा उनी बेन्चमै सीमित भएका थिए ।