काठमाडौं । यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि रोक लगाएको छ ।


ADVERTISEMENT


कानुनी अड्चन देखाउँदै विभागले निजी प्रयोजन (रातो नम्बर प्लेट) मा दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न रोक लगाएको हो । तर, सोही प्रयागजनमा दर्ता भएका ल्यान्डक्रुजर, स्कारपिओ, टाटासुमे, मारुती, अल्ट्रो, स्यान्ट्रोजस्ता चारपांग्रे सवारीसाधन भने मुलुकभर नै निर्वाध चलिरहेका छन् ।


ADVERTISEMENT

# # #


विभागका अनुसार यस्ता सवारीसाधन उपत्यकाभित्रै मात्रै हजारको संख्यामा सञ्चालित छन् ।