काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रेय फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


बुधबार राति भएको खेलमा लेगानेससँग दोस्रो लेगमा १-० गोलअन्तरले पराजित भएपनि समग्रमा ३-१ गोलअन्तरको जित निकाल्दै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।

दोस्रो लेगमा भने लेगानेसले आफ्नै घरेलु मैदानमा रियललाई स्तब्ध बनायो । खेलको ३०औं मिनेटमा लेगानेसका मार्टिन ब्राइथवाइटले गरेको गोल गर्नै निर्णायक गोल बन्यो ।

पहिलो हाफमा एक गोलले पछि परेको रियलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलको दोस्रो हाफमा पनि रियलमाथि लेगानेसले अग्रता कायमै राख्दै जित निकालेको हो ।