सप्तरी– उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रन्जित झाले जानकारी दिए । उपचारका क्रममा बुधबार छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न तीनै पक्ष सहमत भएका छन् ।


ADVERTISEMENT

# # #


मृतक सदाको शव परीक्षणका लागि धरान लैजाने तथा दोषीलाई कारवाही गर्ने सहमति भएको छलफलमा सहभागी राजविराज– ५ का वडाध्यक्ष समिर झाले जानकारी दिए । हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदाको चिकित्सकको लापरवाहीले मृत्यु भएको उनकी बुहारी सरीतादेवीको आरोप छ । सम्भव भएसम्मको सबै उपचार गर्दागर्दै सदाको मृत्यु भएको डा झाको भनाइ छ ।