काठमाडौं– नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर युट्युबमार्फ सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


फिल्ममा स्वस्तिमालाई टेम्पो ड्राइभरको भूमिकामा देख्न सकिन्छ । अविरल थापा निर्मित फिल्ममा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारहरुको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।


ADVERTISEMENT

# # #


रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

यस्तो छ ट्रेलर :