काठमाडौं । अमेरिकी सामाजिक सञ्जाल स्न्यापको बजार पूँजीकरण २० अर्ब डलरभन्दा धेरै घटेको छ । सन् २०१७ को मार्चमा शेयर बजारमा सूचीकृत हुँदा कम्पनीको समग्र बजार पूँजीकरण ३१ अर्ब डलर थियो । अहिले कम्पनीको बजारपूँजीकरण ८ अर्ब डलरभन्दा तल छ ।


ADVERTISEMENT


बुधवार पनि स्न्यापको शेयरमूल्य १३ प्रतिशत घटेको थियो । कम्पनीका प्रमुख वित्तीय अधिकारी टिम स्टोनले काम शुरू गरेको ८ महीनामा नै पद छाडेपछि बुधवार कम्पनीको शेयरमा ठूलो कमी आएको हो । विश्लेषकहरूले भने कम्पनीले अझै ठूलो नोक्सानीको सामना गर्नुपर्ने बताएका छन् । स्न्यापले गतवर्षको अन्तिम ३ महीनामा १९ प्रतिशत नोक्सानीको तथ्यांक सार्वजनिक गर्न सक्ने अनुमान छ । एजेन्सी


ADVERTISEMENT

# # #