काठमाडौं । देशको पश्चिमी भूभागका साथै पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा आइतबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


पश्चिमी हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको र अन्य स्थानहरुमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।


ADVERTISEMENT

# # #


आइतबार राति देशको पश्चिमी भूभागमा सामान्यतया बदली हुनेछ भने अन्य भेगमा आंशिक बदली रहने मौसमविदको भनाई छ । राति पश्चिमी पहाडी भेगका केही स्थानमा छिटफुट वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै पश्चिमकै हिमाली भेगमा सामान्य हिमपातको सम्भावना देखिएको छ ।