कैलाली– कैलालीको जानकी गाँउपालिकामा एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आइतबार बिहान साढे ५ बजेतिर ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन्।


ADVERTISEMENT


चौधरीले श्रीमतीलाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रहरीका अनुसार डीएसपी शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए।


ADVERTISEMENT

# # #


घरको बार्दलीमा झुण्डिएर छट्पटाई रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेको डीएसपी सिँहले बताए। उपचारका लागि अस्पताल पुयाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चौधरीले ४ दिन देखि खुकुरी, बञ्चरो लिएर गाँउमा डुल्ने गरेको स्थानीयको भनाई उद्धत गर्दै प्रहरीले जनाएको छ । उनीहरुको १८ र ६ वर्षको २ छोरा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।