काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ ।


ADVERTISEMENT


संवैधानिक परिषद्को आइतबार बसेको बैठकले पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरेको हो । पौडेलले यसअघि स्थानीय तह पुनर्संरचना आयोग भएर काम पनि गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो । सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

बैठकले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्तलाई सिफरिस गरेको छ । यस्तै थारु आयोगमा विष्णप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारी सिफारिस भएका छन् ।