काठमाडौँ– टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनजतासंग’का प्रस्तोता रवी लामिछानेले अर्को विवाह गरेका छन् । उनले राष्ट्रिय चलचित्र बोर्डकी अध्यक्षसमेत रहेकी निकिता पौडेलसंग कानुनी विवाह गरेका हुन् ।


ADVERTISEMENT


अघिल्लो महिना मात्रै इशा लामिछानेसंग सम्बन्ध विच्छेद गरेका रवी सोमबार काठमाडौँ जिल्ला अदालत पुगेर निकितासंग विवाह गरेका हुन् । यद्दपी परम्परागत विवाह भने आउँदो बैशाखमा गर्ने जनाएका छन् ।


ADVERTISEMENT

# # #


इशाले निकितासंग विवाह गर्नका लागि आफूलाई सम्बन्ध विच्छेद गराएको आरोप लगाएकी थिइन् । रवी र निकिताको नाम जोडिएपछि दुबैले विवाह गर्ने निधो गरेका हुन् । निकिता पनि ‘डिभोर्सी’ महिला हुन् ।

‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेलजी र मैंले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा विवाह दर्ता गरेका छौँ।’ उनले भने, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुनेगरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो ।’

रवीको अघिल्लो श्रीमतीबाट दुई छोरीहरु रहेका छन् भने एउटा विदेशी महिलासंग पनि शारिरिक सम्बन्धमार्फ छोरा भएको उनी आफैले स्वीकारेका छन् ।