काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनल प्रालिबीच विप्रेषण कारोबार सेवासम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सोमबार भएको सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ्ग प्रमुख सुवास भट्टराई र नेपाल रेमिट इटरनेशनल प्रालिको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका थिए ।


ADVERTISEMENT

# # #


यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रालिको विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।