काठमाडौं । काठमाडौं बाहिर समेत मेडिकल शिक्षा पुग्नु हुँदैन भन्दै १६ औं पटक असनरत डा. गोबिन्द केसीको जन्ममिति बिबाद सुल्झियो या यथावतै छ ? आफ्नो परिचय बोकेका महत्वपूर्ण सरकारी प्रमाणपत्रहरुमा तीन तीन वटा जन्ममिति धारण गरेको पाईएका केसीले त्यसलाई सच्याए या गल्ति यथावतै छ ? सामाजिक सञ्जालहरुमा आम सर्वसाधारणहरुले जवाफ खोज्दै आवाज उठाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री, मन्त्री देखि सत्तामा हुने जुनसुकै पार्टीका नेताहरु लगायत आफूलाई मन नपरेकाहरुलाई खुलेआम गाली बेईज्जती गर्ने गरेका डा. केसीले आफ्ना हकमा भने प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको र आफैंले भरेको बढुवा आवेदनहरुमा मानवीय त्रुटी भएको स्पष्टिकरण समेत दिएर गल्ति स्विकार गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक – फरक जन्ममिति भेटिएको समाचार यसअघि नै सार्वजनिक भईसकेको छ । आफ्नो जन्ममितिलाई लिएर विवाद चुलिएपछि डा केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरिसकेका पनि छन् ।

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ । एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको भेटिएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुने आवेदन फारममा डा. केसीले जन्ममिति २७ मंसिर २०१३ उल्लेख गरेका छन् ।

सत्याग्रहीका रुपमा नाम कमाएका केसीकै परिचय खुल्ने महत्वपूर्ण प्रमाणपत्रहरुमै फरक फरक जन्ममिती भेटिनुले उनी समर्थकहरुलाई समेत खिन्न बनाएको छ । तीनथरी जन्ममितिको आफ्नो विवादलाई डा. केसीले कानूनी रुपमा नै सच्याएर आफ्ना प्रमाणपत्रहरुमा एउटै जन्ममिति कायम गरे या विवादित जन्ममिति सहितका प्रमाणपत्रहरु नै बोकिरहेका छन् भन्ने बिषयको सत्य तथ्य बाहिर नआउँदा अन्यौलता बढेको छ ।