टेकराज भण्डारी, अछाम– अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिका सहित ३ तहमा र माओवादी केन्द्र २ तहमा विजयी भएको छ । नेपाली कांग्रेस ५ स्थान सहित बहुमतमा पुगेको छ ।


ADVERTISEMENT


जिल्लाका बढी महत्व राख्ने प्रमुख व्यापारिक केन्द्र तथा मेघासिटी रहेको साँफेबगर नगरपालिका र जिल्ला सदरमुकाम रहेको मंगलसैन नगरपालिकामा एमाले बिजयी भएको छ । एमाले २ नगरपालिका र चौरपाटी गाउँपालिका सहति ३ स्थानीय तहमा बिजयी भएको हो । चौरपार्टी गाउँपालिकामा एमालका हर्कबहादुर साउदे १ मतले विजयी भएका छन् । ।


ADVERTISEMENT

# # #


यस्तै नेपाली कांग्रेसले कमलबजार नगरपालिका, बिनायक नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकामा जित हात पारेका छ । बान्नीगढी जयगढ गाउँपालिकामा माओवादी केन्द्रसंगको गठबन्धनबाट कांग्रेसले अध्यक्ष पद जितेको छ भने माओवादी केन्द्रले उपाध्यक्ष पदमा जितेको छ ।

माओवादी केन्द्रले रामारोशन गाउँपालिका र मेल्लेख गाउँपालिकामा जित हाँसिल गरेको छ । मेल्लेख गाउँपालिकामा कांगे्रस संगको गठबन्धनमा अध्यक्ष पद जितेको हो भने उपाध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।