काठमाडौँ– नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताएका छन्।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे । “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ,”–उनले भने ।


ADVERTISEMENT

# # #


उनले समाजमा पेशेवर अपराध, गुण्डागर्दी, प्राकृतिक स्रोत साधन दोहन गर्ने समूह घटेपनि सामाजिक विकृतिका घटना बढेको बताउनुभयो । प्रवक्ता सुवेदीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन ७४७ स्थानीय तहमा समझदारी भइसकेको र १० हजार विभिन्न समिति निर्माण भइसकेका स्पष्ट पारे।

उनले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेपछि एक हजार १५० फरार अपराधी पत्ता लाग्नुका साथै १५० थान अवैध हातहतियार बरामद गरिएको बताए । प्रहरीले बलात्कारका घटनामा ९७ प्रतिशतसम्म सफल अनुसन्धान गरिसकेको उनको भनाइ छ ।

प्रवक्ता सुवेदीले रामबहादुर बम्जनको आश्रमबाट पाँच जना बेपत्ता भएको घटनाबारे प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताए । उनले ३३ किलो सुन प्रकरणपछि अवैध सुन समात्ने क्रम बढेको जानकारी दिए ।