काठमाडौँ– शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाण्डौं, देव दर्शन यात्राको दोस्रो चरण अन्तर्गत १२० जना विजेता घोषणा गरिएका छन् ।


ADVERTISEMENT


कम्पनीले हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गर्दै ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरेको हो । यस अघि काठमाडौँमा पत्रकार सम्मेलन गरी लक्की–ड्र मार्फत ६० कुपनबाट १२० जना छनौटमा गरिएको थियो ।


ADVERTISEMENT

# # #


दोस्रो चरणको लक्की–ड्र नेपालभरबाट संकलित कुपनहरुका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिएको थियोे । जसमध्ये प्रत्येक कुपन वापत २ जना विजेता गरी १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् । यस योजनामा हालसम्म १२० कुपन मार्फत २४० जना छनौट भई सकेका छन् भने अझै २४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।