काठमाडौँ– स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले युएसएआइडीद्वारा प्रवद्धित सुआहारा II कार्यक्रमलाई सहयोग प्रदान गरेको छ । यस कार्यक्रम अन्तर्गत सुनौला १००० दिनका आमाहरुका लागि प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको थियो ।


ADVERTISEMENT


स्मार्ट टेलिकम तथा हेलेन केलर इन्टरनेशनलद्वारा प्रवद्धित सुआहारा II बीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी कार्यक्रमलाई आधिकारिकता प्रदान गरिएको थियो । अब सुआहारा II का कार्यक्रममा टेलिकम साझेदारीका रुपमा स्मार्ट रहने छ । यससँगै स्मार्टले रु ९९ व्यालेन्स भएको सीमकार्ड सुआहारा लाभार्थीहरुलाई प्रदान गर्ने छ ।


ADVERTISEMENT

# # #


यसरी ६००० सीमकार्ड सुआहारा दोस्रो कार्यक्रममा सहभागी हुने स्वयं सेवकहरुले प्रयोग गर्नेछन् । सुआहारा II नुवाकोट तथा कपिलवस्तु जिल्लामा लक्षित भई कार्य गर्दै आइरहेको छ ।

पहिलो चरणको कार्यक्रमका सिलसिलामा स्मार्टले नुवाकोटमा ३५०० सिमकार्ड प्रदान गरिसकेको छ भने आगामी चरणहरुमा आफ्नो कार्यक्रमलाई पाल्पा तथा रुपन्देही जिल्लाहरुमा पनि लागू गर्ने छ ।

सुहाराका चिफ अफ पार्टि क्रिस्टोफर ल्यान्ड्रीले “स्मार्टले सुनौला १००० दिन कार्यक्रमको लागि गरेको सहयोगले स्वयंसेवक तथा लक्षित व्यक्तिहरु बीच सम्पर्क स्थापना गरी कुपोषणको समाधान गर्न विशेष सहयोग प्राप्त भएको कुरा उल्लेख गर्दा स्मार्ट सिमको प्रयोगले स्वयंसेवी महिलाहरुलाई समय समयको बचत मात्र नभई कुपोषण निवारणको लागि विशेष भएको कुरा उनले बताए ।

युएसएआइडी द्वारा सहयोग प्राप्त सुआहारा II (२०११–२०१६) ले नेपालका विभिन्न जिल्लाहरुमा गरी १५ लाख घरधुरीहरुमा मातृ तथा बालपोषणको कार्य गर्दै आइरहेको छ । सुआहाराले नेपाल सरकार, निजी क्षेत्र तथा अन्य विकास साझेंदारहरुसँग पनि सहकार्य गर्दै आएको छ ।

सुआहारा I (२०११–२०१६) लक्षित क्षेत्रमा विशेष गरी स्वास्थ्य स्वयंसेविका मार्फत पोषण, स्वास्थ्य तथा पानी, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जनचेताना फैलाउने कार्य गर्दै आएको छ । यसको लागि संस्थाले स्वास्थ्य स्वयंसेवी मार्फत घरघरमा पुगी तथा आमासमूहको मिटिङ्गहरु मार्फत् कार्य गर्दै आएका छन् । सुआहारा प्रथमको कार्यक्रम ३८ जिल्लाहरुमा सञ्चालित रहदै आएकोमा थप २ जिल्ला धादिङ्ग र पाँचथरमा पनि सञ्चालित छ । गर्भ रहेदेखि २४ महिना उमेरसम्म आमा तथा शिशुको लागि सुनौला १००० दिन विशेष अवधि हुने हुँदा शिशुको विकासका विशेष ध्यान दिन जरुरी हुन्छ यसमा सासू तथा श्रीमान्को भूमिका विशेष रहने हुँदा सोही अनुसार रणनीतिक योजना तर्जुमा गरी कार्य गर्दै आएको छ ।

नेपाल सरकारका निकायहरुसँग सहकार्य गरी निश्चित जिल्लाहरुमा रक्ताल्पता, प्रजनन् स्वास्थ्य, महिनावारी सम्बन्धी स्वास्थ्य, पोषण, ढीलोसम्म विवाह नहुँदा वा सन्तान नजन्मदा समाजले हेर्ने दृष्टी जस्ता सामाजिक व्यवहारहरुसँग सम्बन्धित रही कार्य गर्दै आएको छ ।

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत गलषष्भम ष्अिभलकभ प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।

स्मार्ट टेलिकल प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोज जि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।