सप्तरी । सप्तरीमा प्रहरीको इन्काउन्टरबाट एक जनाको मृत्यु भएको छ।


ADVERTISEMENT


केही दिन अघि सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका हुन्।


ADVERTISEMENT

# # #


नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी कारबाहीमा उनी मारिएका प्रहरीले जनाएको छ।

‘जवाफी कारबाहीमा जैसवालको मृत्यु भएको हो,’ प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरि बहादुर पालले भने।

प्रहरी इन्काउटरमा मारिएका जैसवाल प्रहरीको खोजी सूचीमा थिए। उनले ०७४ सालमा सप्तरीको कटरबनामा इलाका प्रहरीको कार्यालयको गाडीमा एम्वुस थापेर विस्फोट गराएको आरोप थियो।

त्यस्तैगरी ०७२ मा सप्तरीमा नेपाल प्रहरीका असइ रमेश शुव्वालाई गोली हानेर हत्या भएको थियो। उक्त घटनामा पनि जैसवालकै संलग्नता रहेको प्रहरीको दावी छ।