बिराटनगर । एआईजीपी धीरु बस्न्यातले क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको बुधबार निरिक्षण गरेका छन् ।


ADVERTISEMENT


सो अवसरमा बस्न्यातले तालिम केन्द्रको व्यवस्थापन प्रशंसनीय रहेका भन्दै आवश्यक निर्देशन समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


तालिम केन्द्रले पालना गर्नु पर्ने मापदण्ड र निर्देशनको महसुस हुने गरी प्रभावकारी कार्य सम्पादन र समय सापेक्ष रुपमा आफ्नो तालिम गतिबिधि एवं क्रियालापहरु सञ्चालन गर्न एआईजीपी बस्न्यातको निर्देशन छ । यस्तै, आन्तरिक तथा बाह्य प्रशिक्षण, कार्यालय, प्रशिक्षण स्थल, मेष, व्यारेक, खेलमैदान, फायरिङ्ग रेन्ज, पुस्तकालय, सिमुलेसन, एम।आई। रुम, जिम हल लगायतका संरचनाहरु लगायतका साधन श्रोतहरुको अधिकतम उपभोग गर्न समेत बस्न्यातको आग्रह छ ।

तालिम सञ्चालनको उद्देश्य अनुरुप प्रशिक्षकहरुले प्रशिक्षार्थीहरुको मनोविज्ञान अध्ययन गरी उपयुक्त प्रशिक्षण बिधी अपनाई शारीरिक र मानसिक रुपमा नै सक्षम तथा व्यवसायी प्रहरी उत्पादन गर्न आफ्नो ज्ञान सिप र व्यक्तित्व मार्फत अनुशासन, लगनशिलता र परिश्रमलाई अधिकतम प्रयोग गरी शिष्ट व्यवहार र सभ्य संस्कार पर्दशन गरी आदर्श पहिचान र अभिभावकीय भुमिका निर्वाह गर्न समेत निर्देशन दिईएको छ ।

तालिमका हरेक क्षण कार्यक्षेत्रको लागि मार्गदर्शन हुने साथै सांगठनिक स्मरणको रुपमा समेत रहने हुँदा समय सापेक्ष अभिलेखिकरण गर्न समेत बस्न्यातको निर्देशन छ ।

उच्च व्यवसायिक कार्य प्रदर्शन र सामुहिक भावना मार्फत नमुना प्रशिक्षण स्थल बनाउन एआईजीपी बस्न्यातले शुभकामना समेत दिएका छन् ।

एआईजीपी धीरु बस्न्यातले क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको बुधबार निरिक्षण गरेका तस्विरहरु :